सल्यानमा भरुवा बन्दुकको गोलि लाग्दा एक जनाको मृत्यु

सल्यानमा भरुवा बन्दुकको गोलि लाग्दा एक जनाको मृत्यु

सल्यान/ श्रावण २३

सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको कालिमाटी गाउँपालिका-२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुनको धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार साँझ करिब ६ः१५ बजे तिर शिकार खेल्ने क्रममा गोली लागेर पेटको तल्लो भाग र कम्मरमा गोलि लागेका पुन मगरको घटनास्थलमै मृत्यु थियो।

घटनाबारे इलाका प्रहरी कार्यालय कालिमाटीमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो भने प्रहरीले घटनामा संलग्न रहेको आशंकामा शिकार खेल्न गएका अन्य ६ जना सोही गाउँपालिका-३ बल्लेका अन्दाजी ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी र कालिमाटी-२ बराहडुंगाका अन्दाजी ७२ वर्षीय पदमबहादुर श्रीस मगरलाई नियन्त्रणमा लिएको छ।

घटना के कारण र कसरी भयो भन्ने बारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज