दाङका एक ब्यक्ति सल्यानमा मृत अबस्थामा फेला

दाङका एक ब्यक्ति सल्यानमा मृत अबस्थामा फेला

सल्यान/श्रावण २०

सल्यानमा एक ब्यक्ति मृत अबस्थामा फेला परेका छन।

दाङको तुलसीपुर उपमहानगरपालिका घर भई हाल सल्यानको बागचौर नगरपालिका–७ मा बस्दै आएका ४८ वर्षीय हरि बहादुर ओली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सरस्वती माध्यमिक विद्यालयमा राहत शिक्षकका रूपमा कार्यरत रहेका वलि बेलुका खाना खाएर आफ्नै कोठामा सुतेको र बुधबार बिहान करिब ७ बजे घरबेटी कमला वलीले उठाउन खोज्दा उनी अचेत अवस्थामा भेटिएपछि प्रहरी जानकारी गराइएको थियो।

जानकारी प्राप्त पश्चात् इलाका प्रहरी कार्यालय सिमाखोली पोष्ट बाट प्रहरी सहायक निरीक्षक निरज खत्रीको टोली घटनास्थलमा पुग्दा उनी मृत अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।

मृतक शिक्षका आफन्तहरु लाइ जानकारी गराइ सकेको र मृत्युको कारण घटनाको वास्तविकता बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यान बताएको छ।