SEE परिक्षामा फेल भएपछि,कपडाको पासो लगाएर आत्महत्या

SEE परिक्षामा फेल भएपछि,कपडाको पासो लगाएर आत्महत्या

काठमाडौ वैशाख २९ ।

पर्साको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर विद्यापति नगर का एक किशोर झुण्डिएको अवस्थामा फेला परेका छन्।

श्रीपुर निवासी स्थानीय धुपेन्द्र प्रसाद कुर्मीका १६/१७ वर्षीय छोरा शनि कुमार पटेल आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एसईई परीक्षामा असफल भएको कारण उनले आफ्नै सुत्ने कोठाभित्र रहेको फलामको पाइपमा तन्नाको पासो लगाई आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिइएको छ।
उनी वैशाख २८ गते राति करिब ११ः३५ बजे झुण्डिएको अवस्थामा भेटिएका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज