सल्यानमा सवारी दुर्घटना बढ्दो मात्रामा,ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
वैशाख २६ सल्यान।
सल्यानमा ट्याक्ट दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको शारदा नगरपालिका श्रीनगरबाट छत्रेश्वरी गाउँपालिका-१ दमाचौर तिर जाँदै गरेको भे १ त २०९० नम्बरको ट्याक्टर बागचौर नगरपालिका १० भाटभिटे स्थित भित्रि सडकखण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक शारदा नगरपालिका १३निवासी २५ वर्षीय वसन्त बुढाथोकीको घटना स्थलमै मृत्युको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
उक्त ट्याक्टर भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामाग्री बोकेर जाँदै गर्दा सडक देखि ५० मिटर तल खसेको थियो।
जिल्लामा दैनिक रुपमा ट्याक्टर लगाएत अन्य सवारी दुर्घटना बदढो रुपमा रहेको छ यसलाइ न्यूनीकरण गर्न सबै लागि पर्नुपर्ने प्रहरीको भनाई छ।
तर यस्ता घटना किन कसरी भए यसलाई न्यूनीकरण गर्ने र सार्वजनिक सचेतना जगाउने भन्दा पनि थप अनुसन्धान गर्ने भन्दै यस्ता घटनालाइ अनुसन्धानको शब्दमा मात्र थन्काएर मुख्य अनुसन्धान र चासोको बिषय नबनाएको देखिएको छ।








लेखकको सम्वन्धमा