सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,२ जना घाइते
सल्यान बैशाख २५।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन।
जिल्लाको दार्मा गाउँपालिका फारुलाचौरबाट घुसखोला जाँदै गरेको रा १ त ४४९५ नम्बरको ट्याक्टर दार्मा गाउँपालिका २ घुसखोलामा दुर्घटना भएको हो।
दुर्घटनामा दार्मा गाउँपालिका-२ का १७ वर्षीय ट्याक्टर चालक प्रदिप विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
त्यसैगरि ट्याक्टरमा सवार दार्मा गाउँपालिका-२ घुसखोलाकाकै १७ वर्षीय टेक बहादुर वि.क र २२ वर्षीय विशाल वि.क घाइते भएका छन।
घाइते मध्य टेक बहादुर को थुम्केसल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने विशालको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ ।
दुर्घटना के कसरी भएको भन्ने बारे घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।








लेखकको सम्वन्धमा