सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

सल्यान पौष२५।

सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–७ पर्सेनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिमाटी गाउँपालिका ७ पर्सेनी निवासी अन्दाजी ४२ वर्षीया धनसरी रावत रहेको प्रहरीले जनाएको छ।
घर नजिकैको जंगलमा घाँस–दाउरा काट्न गएकी उनलाई बाघले आक्रमण गरी जंगलतर्फ तानेर लगेको भन्दै स्थानीयले प्रहरी चौकी घुईयाबारी, सल्यानमा टेलिफोनमार्फत जानकारी दिएपछि प्रहरी टोलीले दिउँसो ४:१५ बजे घटनास्थलमा पुगेर बुझ्दा, मृतक धनसरी रावत बिहान करिब ८ बजे हरियाली सामुदायिक वनमा घाँस–दाउरा काट्न गएको खुल्न आएको थियो।

खोजतलासका क्रममा साँझ ५ बजे घरबाट करिब ५०० मिटर दक्षिणतर्फ हरियाली सामुदायिक जंगलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज