दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु

दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु

दाङ, भदौ ३।

दाङको तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका– ८ कृष्णमन्दिर निवासी ३५ वर्षकी कविता चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बिहान १० बजे भाँडा माझ्ने क्रममा करेन्ट लागेर घाइते भएकी चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो।

मोटर प्रयोग गरेर कुवाको पानी तानीरहेको समयमा भाँडा माझ्न जानुभएकी चौधरीलाई दुबै हातमा करेन्ट लागेको थियो । तुलसीपुरको दुधेनामा घर निर्माणको काम गदै आएका श्रमिकहरूलाई चौधरीले खाना पकाउने काम गर्दै आएकि थिइन ।