दाङ तुलसीपुरको ८ नम्बर वडा कार्यालयमा चोरी

दाङ तुलसीपुरको ८ नम्बर वडा कार्यालयमा चोरी

दाङ, श्रावण १० ।

दाङ्को तुलसीपुर उपमहानगरपालिका– ८ नम्बर वडा कार्यालयमा चोरी भएको छ ।

गएराति वडा कार्यालयको ताला फोडेर ६ हजार रुपैयाँ चोरी भएको वडा अध्यक्ष धर्मराज वलीले जानकारी दिनुभयो । राजश्वबाट संकलन भएको रकम वडा कार्यालयको घर्रामा राखिएकाले चोरी भएको वडाले जनाएको छ ।

चोरले पैसा वाहयक अन्य कुनै क्षेति नपुर्याएको बताइएको छ । कार्यालयमा भएका कम्पुटर र अन्य सामान चोरी नभएको अध्यक्ष वलीले बताउनुभयो