सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

सल्यान श्रावण ८।

सल्यानमा मोटरसाइकल दुर्घटनामा परि तीन जना घाइते भएका छन् ।

जिल्लाको शारदा नगरपालिका – ९ का २२ बर्षीय टोजबहादुर पुनले चलाएको लु.४ प. ९९६८ नम्बरको मोटरसाइकलले पैदल यात्री शारदा – ९ सुनचौरका ७३ बर्षीय प्रेम पुन मगरलाई ठक्कर दिदा दुर्घटना भएको हो।

दुर्घटना पछि दुबै जना गम्भीर घाइते रहेका छन् भने उनीहरुको टाउको र हातखुट्टामा चोट रहेको सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौंपानेले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार टोजबहादुरको भान्जी बनगाड कुपिण्डे नगरपालिका – १० की ३ बर्षीया दिनिशा घर्ती मगरपनि घाइते भएकी छन् ।

बिहीबार दिउँसो साढे १ बजेतिर शारदा – ९ तल्लो फारम नजिकै खलंगादेखि लाखमारे तर्फ जादै गरेको मोटरसाइकले पैदल यात्रुलाई ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।

तीनै जनाको जिल्ला अस्पताल खलंगामा उपचार भइ रहेको प्रहरीले बताएको छ ।