सल्यानमा गाडी दुर्घटना हुँदा १४ जना घाइते: एकजना गम्भीर
सल्यान श्रावण ८।
नेपालगन्ज देखि आउदै गरेको गाडी यात्रुबाहक फोर्स गाडी सल्यान नेटामा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार दुर्घटनामा परी सल्यानको कुमाख गाउँपालिका–६ का २७ वर्षीय चालक पारस आचार्यको अवस्था गम्भीर रहेको छ।
दुर्घटनाका घाइतेमध्ये एक जना घाइतेलाई रूकुम पश्चिमको मिसन अस्पताल चौरजहारी, १३ जना घाइतेलाई उपचारका लागि नेपालगञ्जतर्फ पठाइएको छ।
बाँकेको नेपालगञ्जबाट सल्यानको रागेचौर हुँदै रूकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको गाडी सल्यानको कुमाख गाउँपालिका– २ बढाइ ज्यूला नजिकै दिउँसो १ बजेतिर दुर्घटनामा परेको थियो।
आफै अनियन्त्रित भई गाडी सडकदेखि ४५ मिटर तल खसेको थियो।









लेखकको सम्वन्धमा