नेपालगञ्जबाट रुकुम चौरजहारी आउदै गरेको गाडी नेटामा दुर्घटना
सल्यान श्रावण ८।
बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी तर्फ आउदै गरेको हाईस गाडी दुर्घटना भएको छ ।
आज (बिहिबार) दिँउसो १२ बजे सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै भे १ ख ३९९४ नम्वरको हाईस दुर्घटना भएको हो ।
नेटा नजिकैको माथिल्लो मोडबाट गाडी दुर्घटना भएर तल्लो मोडमा पुगेको उद्धार कार्यमा रहनुभएका यात्रु ओमराज शर्माले जानकारी दिनुभयो । उहाँ अनुसार गाडी चालक पारस आचार्य सहित करिब एक दर्जन यात्रुहरु घाईते भएका छन् । घाईते मध्य केहिको अवस्था गम्भिर रहेको छ ।
ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले दुर्घटनाको खबर लगत्तै उद्धारका लागि प्रहरी घटनास्थलतर्फ पठाईएको बताउनुभयो ।












लेखकको सम्वन्धमा