सल्यानमा माछा मार्न शारदा नदिमा गएका एक पुरुषको मृत्यु

सल्यानमा माछा मार्न शारदा नदिमा गएका एक पुरुषको मृत्यु

सल्यान बैशाख ९

सल्यानमा माछा मार्न शारदा नदिमा गएका एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका–७ का सन्तोष बिष्टको माछा मार्ने क्रममा ढुंगाबाट चिप्लिएर लडेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

माछा मार्ने क्रममा ढुंगाबाट चिप्लिएर पानीमा डुबेका बिष्टको तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी  केशर कुमार न्यौपानेले जानकारी दिनुभयो।

उनी गाउँकै साथीहरु सँग राती शंखमूलस्थित शंखपार्क नजिकैको शारदा नदीमा माछा मार्न गएका उनकाे ढुंगाबाट चिप्लिएर हो वा करेन्ट लागेर मृत्यु भएकाे हाे। भन्नेबारे एकीन नभएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको र अहिलेसम्म पोष्टमार्टम नभएकाले मृत्युको स्पष्ट कारण थाह पाउन नसकिने प्रहरीले बताएको छ।

मृतक बिष्ट सगै रहेका अन्य चार जनालाई इलाका प्रहरी कार्यालय लुहामले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज