दाङमा आफैले आफैलाई गोली चलाउदा एक ब्यक्तिको मृत्यु
दाङ बैशाख ८।
दाङमा एक व्यक्तिले आफैले आफैलाई गोली हानेका छन् ।
तुलसीपुर उपमहानगरपालिका-७ मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।
लाइन्सेन्सवाला बन्दुकले घरमा आफैंमाथि गोली चलाउदा उनको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले बताएका छन ।
मृतक आचार्य रेडक्रस दाङका पूर्व अध्यक्ष समेत हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन ।
तर प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको सम्वन्धमा