पाथीभरा दर्शनका लागि हिडेको गाडिमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
काठमाडौं, ८ बैशाख ।
पाथीभरा दर्शनका लागि जाँदै गरेको एक बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ललितपुरको ललितपुर महानगरपालिका–१० निवासी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिनुभयो ।
एसएसपी दाहालका अनुसार दुर्घटनामा परी ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ ।
प्रहरीका अनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सडक खण्डमा बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लागेको हो । गाडीमा कसरी बिजुलीको तार खस्यो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।












लेखकको सम्वन्धमा