सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते

सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते

सल्यान बैशाख ७ ।

सल्यानमा जिप दुर्घटना हुँदा चालक सहित छ जना यात्रु घाइते भएका छन् ।
जिल्लाको कपुरकोट गाउँपालिका ३ कालेडाँडामा  रोल्पादेखि दाङ तुलसीपुर जाँदै गरेको ग १ च ४३७६ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा चालक सहित छ जना घाइते भएको कपुरकोट गाउँपालिकाले जनाएको छ।
घाइते हुनेमा जिप चालक सल्यान कालिमाटी  गाउँपालिका २ का खिम बलाल, कपुरकोट गाउँपालिका १ की २४ वर्षीया चन्द्रा कुमारी पुन, ६२ वर्षिया कौशिला पुन, ४५ वर्षीया गौरी सुनार, ५वर्षीया सलिसा पुन र कपुरको २ का ७२ वर्षीय नोखिराम बस्नेत रहेको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो।

दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् ।  गम्भीर घाइते मध्ये एक जनालाई  नेपालगञ्ज र दुई जनाको प्रादेशिक अस्पताल तुलसीपुरमा रिफर गरिएको बताएको छ।


अन्य घाइतेहरुको आधारभूत अस्पताल कपुरकोटमा उपचार पश्चात घर पठाइएको छ।
गाडिको ब्रेक फेल भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।