दाङ-सल्यान सडकखण्ड भोलि ११ बजेदेखी साझ ४ बजेसम्म दैनिक एक हप्ताको लागि बन्द हुने

दाङ-सल्यान सडकखण्ड भोलि ११ बजेदेखी साझ ४ बजेसम्म दैनिक एक हप्ताको लागि बन्द हुने

सल्यान बैशाख ७।

दाङ सल्यान सडकखण्ड अन्तर्गत  राप्ती राजमार्ग भोलि बिहान ११: बजेदेखी साझ ४: बजेसम्म  बन्द हुने भएको छ ।
राप्ती राजमार्ग दाङ– सल्यान सडकखण्डको कपुरकोट देखि राम्रीसम्म स्तरवृद्धि गर्न  वैशाख ८ गतेदेखि १४ गतेसम्म एक हप्ता राजमार्ग बन्द हुने भएको हो ।

नियमित गाडी सञ्चालनमा आउँदा स्तरोन्नतीको काम प्रभावित भएको भन्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक सडक बन्द गरेर काम अघि बढाउने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

साना तथा अत्यावश्यक सवारी साधनका लागि पैयाखोरिया सातावास किमुचौर कपुरकोट सडक प्रयोग गर्न सकिने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । ठूला सवारी साधन भने दैनिक जाममा पर्ने छन् ।

कपुरकोट दाङ सडकखण्डको स्तरवृद्धिका लागि पटक पटक यातायातका साधन बन्द गरेर काम गरेता पनि उक्त सडकले अहिलेसम्म  पूर्णता पाउन सकेको छैन ।

जसका कारण, सल्यान, दाङ, रोल्पा, रुकुमका नागरिकले वर्षेनी सास्ती खेप्दै आइरहेका छन् ।