बुटवलमा एक युवती माथि गोली प्रहार

बुटवलमा एक युवती माथि गोली प्रहार

काठमाडौ बैशाख ६।

बुटवलमा एक युवती माथि गोली प्रहार भएको छ।

बुटवलको बुद्धनगरमा बस्ने टिका विष्ट क्षेत्री माथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले युवती माथि गोली प्रहार भई घाइते भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए

उनका अनुसार युवती क्षेत्री माथि कम्मरमाथि गोली लागेको छ। पाल्पाको रैनादेवि छहरा घर भएकी क्षेत्री बुद्धनगरमा बस्दै आएकी थिइन।
गोली हान्नुको कारण भने खुल्न सकेको छैन।

घटनाबारे अनुसन्धान भइरहेको डीएसपी रानाले बताए। गोली प्रहार गर्नेको खोजी भइरहेको उनको भनाई छ।