सल्यानमा एक पुरुष मृत अबस्थामा फेला
सल्यान बैशाख ५
सल्यानमा एक पुरुष मृत अबस्थामा फेला परेका छन।
मृत फेला पर्नेमा जिल्लाको बागचौर नगरपालिका- ४ का अन्दाजी ५५/५६ वर्षका डिल्ली वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपानेले जानकारी दिनुभयो।
प्रहरी प्रमुख न्यौपानेका अनुसार मृत वलि छोराको ससुरालीमा तिथिको भात खान शुक्रबार बिहान पुगेका उनि फर्किने क्रममा घर देखि आधा घण्टा टाढाको दुरी जिल्लाको दार्मा गाउँपालिका -४ पुखातमा शुक्रबार साँझ उनको शव फेला परेको हो।
चोटपटक नलागेको अवस्थामा बाटोमै उनी मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रेशम खत्रीको टोली पुगेको र शवको मुचुल्का उठाउने काम भइरहेको बताएको छ।
वलीको मृत्यु के कारणले भएको हो भन्ने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।








लेखकको सम्वन्धमा