सल्यानमा जीप दुर्घटना हुँदा १६ यात्रु घाइते
सल्यान बैशाख ५
सल्यानमा जीप दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन।
शुक्रबार बेलुका जिल्लाको शारदा नगरपालिका १ श्रीनगरबाट हिवल्चा जादै गरेको लु.प्र .०२–००१ ज ००११ नम्बरको जीप सिउनेटा नजिकै दुर्घटना हुदाँ चालक सहित १६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइते हुनेमा शारदा नगरपालिका ११का १८ वर्षीया दुर्गा नेपाली,बर्ष ७ की एलिसा नेपाली, बर्ष ५१ की लक्ष्मी बुढाथोकी, बर्ष ३५ की टीका घर्ती, बर्ष ३८ की दुर्गा बुढाथोकी, बर्ष ११ का निर्मल घर्ती , बर्ष ४२ की मायादेवी थापा, बर्ष ४०की निर्मला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरिक्षक बाबुराम बस्नेतले बताउनु भयो ।
यस्तै बर्ष ३८ की गीता थापा, बर्ष ६८ का बुद्धिमान बुढाथोकी, बर्ष ४ का सुरज राना, बर्ष ७० की डुमा कुमारी राना, बर्ष २० का आशिष राना, बर्ष २९ की कमला बोहरा, बर्ष ८ की कृक्षा रावत, बर्ष ३ की कृष्टी रावत रहेका रहेका छन् ।
घाइते सबैको उद्धार गरी श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ। जीप उकालोमा अनियन्त्रित भएर सडकमै दुर्घटनामा परेको थियो ।









लेखकको सम्वन्धमा