सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन पुगेका एक वृद्धको लडेर मृत्यु
सल्यान चैत १४ ।
सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका एक वृद्ध सेवाग्राहीको लडेर मृत्यु भएको छ ।
बिहीबार दिउसो कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका बृद्ध कार्यालयको तल्लो तलाको ढोकामा अढेश लाग्न खोज्दा लडेर घाइते भएका जिल्लाको बागचौर नगरपालिका ७, टाट्के निवासी ७० बर्षिय टीकाराम ओलीको मृत्यु भएको हो ।
लडेर टाउकोमा चोट लागी घाइते भएका उनलाई उपचारको लागी तत्काल जिल्ला अस्पताल सल्यान पुर्याइए पनि उपचारको क्रममा डाक्टरले उनलाइ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
उनी दम, रक्तचापको बिरामी भएको खुलेपनी उनको मृत्युको कारण शवको पोष्टमर्टमपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।








लेखकको सम्वन्धमा