खरबारीमा लागेको आगो नियन्त्रण गर्ने क्रममा एक पुरुषको मृत्यु
सल्यान चैत्र १।
सल्यानमा आगलागीमा परि एक जनाको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका–३ तिमिलेचौरका ६५ वर्षीय प्रेम बहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार दिउँसो श्रीमान श्रीमती घाँस काटन गएको समयमा खरबारिमा एक्कासि आगलागी भएको थियो ।
उक्त आगो नियन्त्रण गर्ने क्रममा बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
सोही वडाका वडा अध्यक्ष कर्ण देव डाँगीका अनुसार श्रीमान श्रीमतीसँगै घास काटन गएको र भिरालो खरबारीमा श्रीमान घाँस काटेर ओर्लन नसकेपछि श्रीमतीले गाउँलेलाई बोलाउन गएको अबस्थामा गाउँलेलाई बोलाएर श्रीमती पुग्दा श्रीमान एकासी आगलागी बाट मृत्यु भएको अवस्थामा भेटिएको उनले बताए ।
एक्कासी आगलागी कसरी र किन भयो भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।


















लेखकको सम्वन्धमा