सल्यानमा एकै घरका दुई नाबालिका मृत फेला: घटनाको आशंकामा आमा प्रहरी नियन्त्रणमा

सल्यानमा एकै घरका दुई नाबालिका मृत फेला: घटनाको आशंकामा आमा प्रहरी नियन्त्रणमा

सल्यान पौष २४

सल्यानमा दुई नाबालिका दिदीबहिनी मृत फेला परेका छन् ।
जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदीबहिनी मृत फेला परेका हुन् ।

उनीहरू तीन वर्ष र ६ महिनाका नाबालिका हुन् ।
मृतकका बुबा रोजगारीका लागि नुवाकोट र आमा पूर्णिमा राना भने घरमा नै रहेकी थिइन ।
घटना शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी केशरकुमार न्यौपानेले जानकारी दिए ।

मृतक बालिकाको घाँटीका डाम देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार एक्लो घर भएको र अन्य व्यक्ति घरमा आउन सक्ने अवस्था देखिँदैन ।

प्रहरीले उनीहरूकै आमाको भूमिका हुनसक्ने शंकास्पद देखिएपछि पूर्णिमालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।