दाङमा सामुहिक बलात्कारको आरोपमा तिनजना पक्राउ
दाङ पौष २०
दाङमा सामुहिक बलात्कारको आरोपमा तिनजना पक्राउ परेका छन् ।
पौष १३ गते बेलुका ५ बजेको समयमा १४ वर्षीय बालिका लाई फकाई फुलाइ स्कुटीमा बसाली तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगेर सामुहिक बलात्कार गरेको आरोपमा तिनजना पक्राउ परेका हुन् ।
बालिकालाई जंगलमा लगे पश्चात उक्त स्थानमा आएका ३ जना ब्यक्तिहरुले निज पिडितलाई चारै तिरबाट घेरा हालेको र १ जनाले समाती तिमीसंग सल्लाह भएको बताउदै उक्त स्थानबाट केही पर जंगलमा लगी जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यलय तुलसीपुर डिएसपी अनिल ठकुरीले जानकारी दिएका छन ।
जबरजस्ती करणी गर्ने कार्यमा २ जनाले पुर्ण रुपमा सहयोग गरेको र २ जनाले जबरजस्ती करणी गरेको हुँदा निजहरु मध्ये ३ जनालाई अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको र १ जना फरार रहेकोमा खोजतलास भई रहेको समेत प्रहरीले बताएको छ।









लेखकको सम्वन्धमा