सल्यानमा खानीबाट ढुंगा निकाल्ने क्रममा ढिस्कोले च्यापिएर एक जनाको मृत्यु 

सल्यानमा खानीबाट ढुंगा निकाल्ने क्रममा ढिस्कोले च्यापिएर एक जनाको मृत्यु 

सल्यान पौष १२
सल्यानमा खानीबाट ढुंगा निकाल्ने क्रममा खसेको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कुमाख गाउँपालिका ७ स्यानी जिमालि निवासी ४४ वर्षीय पोथे बोहराको ढिस्कोले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहिबार दिउँसो घरदेखि केही टाढा रहेको सामुदायिक वनमा खानीबाट एक्लै ढुंगा निकाल्न गएका उनि साँझसम्म घर नर्फिएपछि खोजतलास गर्ने क्रममा स्थानीयले माथिबाट ढुंगासहितको ढिस्काले च्यापिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुगी ढिस्कोले च्यापिएर मृत्यु भएका बोहराको शव निकाली मुचुल्का उठाई पोष्टपार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनु भयो ।