नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको बैठक सम्पन्न: यस्ता छन बैठका निर्णय

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको बैठक सम्पन्न: यस्ता छन बैठका निर्णय

सल्यान पौष १०

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको नवनिर्वाचित कार्यसमितिको पहिलो पुर्ण बैठक सम्पन्न भएको छ ।
बैठकले गएको मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघकोे निर्वाचनलाई सौहार्दपूर्ण रुपमा सम्पन्न बनाउन सहयोग गर्ने निर्वाचन समिति, सम्पूर्ण साधारण सदस्य (मतदाता) पत्रकार महासंघ सल्यानको निवर्तमान कार्यसमिति, सुरक्षा निकाय तथा सुवेच्छुक सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गर्दै निम्न निर्यहरु गरेको छ ।

१) शाखाको बैंक खाता अध्यक्ष डिल्लीराज रावत, सचिव बुद्धिमान पुन र कोषाध्यक्ष खकेन्द्र केसीको नाममा हस्ताक्षर रहनेगरी परिवर्तन गर्ने।
२) महासंघको सल्लाहकारमा विधानको दफा २२ बमोजिम कार्यवाहकको जिम्मेवारी प्राप्त गरेका  निवर्तमान कार्यवाहक अध्यक्ष शंकर केसी र अध्यक्ष पदका निकटत्म प्रतिद्धन्दि तिलकराज ओलीलाई मनोनित गर्ने।
३) २०७७ चैत २५ गतेदेखि २०७९ फागुन ९ गतेसम्म अध्यक्ष नविन पौडेल र त्यसपछि २०७९ फागुन १० गतेदेखि २०८१ मंसिर २८ गतेसम्म कार्यवाहक अध्यक्ष शंकर केसीको अभिलेख राख्ने।

४) पत्रकार महासंघ सल्यानको भवन मर्मत तथा व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय तथा सहयोग माग गर्ने।
५) जिल्ला शाखामा स्थापना भएका विभिन्न अक्षयकोषहरुलाई थप व्यवस्थित गर्ने र प्रक्रियागत रुपमा लैजाने ।
६) महासंघको नाममा रहेका विभिन्न चलअचल सम्पत्तीको विवरण रुजु तथा खोजिनिति गर्ने

७) सल्यान जिल्लामा रहेर संचालनमा रहेका विभिन्न संचारमाध्यम र पत्रकार महासंघ सल्यान शाखामा आवद्ध साधारण सदस्यहरुको अभिलेखीकरण संकलन गर्नुका साथै जिल्ला शाखाको संस्थागत विकास तथा पत्रकारहको हित र व्यवसायीक सुरक्षाका लागि संकल्पित भएर काम गर्ने
८) पत्रकार महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा यही पुस २० गते शनिबारका दिन पत्रकार सद्धभाव भोज कार्यक्रम आयोजना गर्ने ।
जिल्ला शाखा सल्यानले जनाएको छ ।