कपुरकोट गाउँपालिकामा सामुदायिक मेलमिलापकर्ताहरूको लागि तालिम सम्पन्न

कपुरकोट गाउँपालिकामा सामुदायिक मेलमिलापकर्ताहरूको लागि तालिम सम्पन्न

सल्यान, पौष ७ ।
सल्यानको कपुरकोट गाउँपालिका सामुदायिक मेलमिलापकर्ताहरूको लागि ४८ घण्टे तालिम सम्पन्न भएको छ ।
न्यायिक समितिको कार्यबोझलाई कम गर्ने र समुदायमा उत्पन्न समितिको कार्यक्षेत्र भित्रका झैझगडा तथा विवादहरूको समुदाय स्तरमै मेलमिलाप गराई निरुपण गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधीश देवप्रसाद गिरी, गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली तालिममा न्यायिक समितिका पदाधिकारी कर्मचारीहरू, वडा अध्यक्ष र सबै वडाका मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो ।

यस गाउँपालिकाको मेलिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि २०७७ मा भएको व्यवस्था बमोजिम अब प्रत्येक वडा कार्यालयहरूमा मेलमिलाप केन्द्रहरू स्थापना हुने र आधारभूत तालिम प्राप्त गरेका मेलमिलापकर्ताहरूलाई पालिकामा सूचीकरण गरी समुदायस्तरमा उत्पन्न विवादहरू समाधान गर्ने जिम्मेवारी दिइनेछ छ।

मेलमिलापकर्ताहरूको आधारभूत तालिम कार्यशालाको सहजीकरण शान्तिका लागि सहकार्य नेपालले गरेको छ