कपुरकोटमा अतिथि कक्षा तथा विद्यार्थीहरूलाई करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न
सल्यान पौष ५
सल्यानको कपुरकोट गाउँपालिकामा गाउँपालिकाको वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत सन्चालन भएको अतिथि कक्षा तथा विद्यार्थीहरूलाई करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपाने र कपुरकोट गाउँपालिकाका समाजसेवी एवं साहित्यिक व्यक्तित्व भद्रसिंह बुढाको उपस्थितमा सन्चालन भएको अतिथि कक्षा तथा विद्यार्थीहरूलाई करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा पालिका भित्रका विभिन्न विद्यालयका कक्षा ८ देखि ११ सम्मका विद्यार्थीहरू सहभागीता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले निजामती सेवा के हो र निजामती सेवामा कसरी प्रवेश गर्न सकिन्छ ।
यसका अवसर केके र के कस्ता छन निजामती सेवामा करिएर के कस्तो भन्ने बिषयमा आफ्नो अनुभव सहित प्रशासन क्षेत्रका सबै गतिविधि बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो। भने नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले प्रहरी भनेका को हुन प्रहरी सेवा के हो प्रहरीको काम के के हुन्छ। प्रहरी सेवामा आफ्नो करियर के कस्तो छ । र प्रहरी सेवामा आउन के कस्ता प्रक्रिया पूरा गर्नु पर्छ जस्ता विभिन्न विषयमा आफ्ना अनुभव सहित विद्यार्थीहरुलाइ जानकारी गराउनु भएको थियो।
त्यस्तै अतिथि एवं साहित्यकार भद्रसिंह बुढाले कपुरकोट गाउँपालिकाको स्थानीय पाठ्यक्रमले समावेश गरेका लोक संस्कृतिहरू ,सोरठी ,पैसेरु ,सिँगारु लगायतका नृत्य लोक भाका र कला सास्कृतिका बारेमा विद्यार्थीहरुलाई जानकारी दिदै अन्य विभिन्न विषयमा विद्यार्थीहरुलाइ काउन्सलिङ समेत गर्नु भएको थियो।

विभिन्न विद्यालयहरुका विद्यार्थीले यश कार्यक्रम र उपस्थित अतिथि बाट विविध ज्ञानमुलक कुराको जानकारी पाएको बुझेको र भोलिको भबिस्यको लागि आधारभुत ज्ञान अहिले नै पाएको प्रती खुसी व्यक्त गरेका थिए ।

अतिथि कक्षा एवम् करियर काउन्सेलिङ कक्षा प्रस्तुतिकरणको उदेश्य विद्यार्थीले भबिस्यमा आफू के बन्ने कुन क्षेत्रमा जाने त्यो क्षेत्र कस्तो हो त्यो क्षेत्रमा जादा आफ्नो करियर कस्तो हुन्छ भन्ने कुरा अहिले देखिनै बुझ्दै जाउन भोलिका दिनमा उनिहरुलाई निर्णय लिन सहज होस त्यस क्षेत्रको बारेमा आजै ज्ञान होस र आधारभुत कुराको जानकारी प्राप्त होस भन्ने उदेश्यले पालिकाले यो कार्यक्रम सन्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलिले बताउनु भयो।









लेखकको सम्वन्धमा