दाङको तुलसीपुरमा श्रीमान द्वारा श्रीमतीको हत्या

दाङको तुलसीपुरमा श्रीमान द्वारा श्रीमतीको हत्या

दाङ पौष ३

दाङको तुलसीपुरमा एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

तुलसीपर–२ भमके निवासी २९ बर्षीय चित्र बहादुर बुढाथोकीले दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया हस्ति कुमारी बुढाथोकीलाई सामान्य विबादका कारण दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आज बिहान १० बजेको समयमा घरमा कोही नभएको अवस्थामा श्रीमतीको हत्या गरी फरार रहेका बुढाथोकीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सवा ११ बजेको समयमा तुलसीपुर–७ कारागार कार्यालय नजिकैबाट पक्राउ गरेको छ।

प्रहरी निरीक्षक थापाका अनुसार उनले श्रीमतीको हत्या गरेर फरार भएको भनेर साढे १० बजेको समयमा प्रहरीलाई आएको खबर लगत्तै खोजतलास गर्दै जाने क्रममा भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनु भयो।