दाङको देउखुरीमा स्कुल बसले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

दाङको देउखुरीमा स्कुल बसले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

दाङ पौष २

दाङको राप्ती गाउँपालिका देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर- ८ बिजाैरी निवासी अन्दाजी ३२ वर्षीय कृष्णबहादुर शाही रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

मंगलबार राति साढे ७ बजेको समयमा रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लालमटियाको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शाहीको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।