जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
जाजरकोट, २७ मंसिर ।
जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयोे ।
उहाँका अनुसार नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप बुधबार राति ११ बजे कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो । डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेर दुर्घटना हुदा अन्य २ जना घाइते भएका छन्
लेखकको सम्वन्धमा