सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
सल्यान मङ्सिर २४
सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका–१ बाँसखोला नजिकै सोमबार से १ च ५९५१ नम्बरको ट्याकटर पल्टिँदा च्यापिएर तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीको थर्कुडाँडा घर भएका २८ वर्षीय चालक अनिल विकको मृत्यु भएको हो ।
बाँसखोला नजिकै साँघुरो घुम्तीमा घुमाउने क्रममा ट्याटर पल्टिएको र चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनु भयो ।
लेखकको सम्वन्धमा