दाङको ज्ञानदिप कलेजको उत्कृष्ट नतिजा: बिबिएस संकाय तर्फ कलेजकि पुष्पा लुम्बिनी प्रदेश प्रथम

दाङको ज्ञानदिप कलेजको उत्कृष्ट नतिजा: बिबिएस संकाय तर्फ कलेजकि पुष्पा लुम्बिनी प्रदेश प्रथम

दाङ मङ्सिर २१

दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेजले पश्चिम नेपालकै उत्कृष्ट नतिजा ल्याउदै लुम्बिनी प्रदेश प्रथम भएको छ ।
त्रीभुवन विश्वविद्यालयले प्रकाशन गरेको बिबिएस चौथो बर्षको नतिजामा ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारीले उत्कृट नतिजा सहित लुम्बिनी प्रदेश प्रथम भएकी हुन ।

बिबिएस चौथो बर्ष तर्फ ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारीले ८१ %प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको कलेजका भाईस प्रिन्सिपल मनोज कुमार केसीले जानकारी दिए ।


त्यस्तै भण्डारीसहित सोही संकायमा अध्ययनरत विद्यार्थीहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल भएका छन ।

यस कलेजले बिबिएस, विएसीसीएस आईटि, विसीए, विएस्सी, विविएस र विए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान दीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित रहेको छ ।
विद्यालयले विभिन्न समयमा विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउदै आएको छ भने कलेज निजि शिक्षा तर्फ दाङमै नमुना विद्यालय रहेको छ।