गुरुकुल एकेडेमीका विद्यार्थीहरु द्वारा बृद्धाआश्रमका वृद्धवृद्धालाई सहयोग

गुरुकुल एकेडेमीका विद्यार्थीहरु द्वारा बृद्धाआश्रमका वृद्धवृद्धालाई सहयोग

दाङ मङ्सिर १९

दाङको घोराहीमा रहेकोे गुरुकुल एकेडेमीका विद्यार्थीहरुले बृद्धाआश्रमका वृद्धवृद्धाहरुलाई सहयोग गरेका छन ।
गुरुकुल एकेडेमीका कक्षा १२ ब्यबस्थापन संकायका विद्यार्थीहरुले घोराही -१३ तेरौटेमा बृद्ध बृद्धाहरुलाई जाडोमा लगाउने टोपि ,शौचालय प्रयोगका लागि हार्फिक्स , फलफुल र अन्य खाद्यान्न सामग्रिहरु सहयोग गरेका हुन ।

कक्षा १२ विद्यार्थीहरुले गत जेष्ठ महिनामा ब्यबहारीक ज्ञान लिनका लागि बजारका विभिन्न ठाँउहरुमा पानि पुरी, चटपटे, आइसक्रिम लगायतका सामग्रिहरु राखेर बिक्री गरेका थिए । सोहि व्यवसायबाट आम्दानि भएको रकमबाट अक्षरुपि ३ हजार ५ सय र कक्षा १२ विज्ञान संकायका विद्यार्थीहरुको शैक्षिक भ्रमणबाट बचत भएको रु ३ हजार ५ सय गरी जम्मा ७ हजार बराबरको सामानहरु बृद्धाआश्रममा सहयोग गरीएको गुरुकुल एकेडेमी घोराहीका प्लस टु संयोजक राजन अधिकारीले जानकारी दिनुभयो ।

विगतका वर्षहरुदेखि नै कक्षा १२ का विद्यार्थीहरुले सैदान्तिक सहित ब्यबहारीक ज्ञान संगै यसबाट भएको आम्दानि रकम समाजसेवामा लगाउने गरेका छन । उनिहरुले ६/७ जनाको समुह बनाएर बजारका विभिन्न मुख्य चोकहरुमा व्यवसाय गर्ने गरेका छन ।

गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा.कृष्णराज डिसिको नेतृत्वमा प्लस टु संयोजक राजन अधिकारी र संस्कार प्रमुख भुगोल कँवर मगरको उपस्थितिमा तेरौटेमा रहेको बृद्धाआश्रममा एक कार्यक्रमका बिच विद्यार्थीहरुले सहयोग गरेका हुन ।