दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु एक जना गम्भीर घाइते
दाङ मङ्सिर १७
दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छन ।
सोमबार साझ करिब ६:३० मा घोराही उपमहानगरपालिका–१० झारबैरा चोक नारायणपुरमा रा १ ख १२९१ नम्बरको टिपरले रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृत्यु हुनेमा तुलसीपुर – १९ का वर्ष १९ का सुदिप बुढाथोकी रहेका छन् । ठक्करपछि घाइते भएका उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
मृतक संगै सवार रहेका तुलसीपुर १७ का वर्षका दिपक बस्नेत भने गम्भीर घाइते भएका छन ।
प्रहरीले ठक्कर दिने सवारी चालक घोराही – १० डोक्रेनाको ४० वर्षीय जित बहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ।
लेखकको सम्वन्धमा