दाङमा लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ
दाङ मङ्सिर १७
दाङको विभिन्न स्थानबाट १६ ग्राम २ सय ७० मिलि ग्राम लागू औषध ब्राउन सुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको घोराही १४ नयाँ बसपार्क बस्ने १८ वर्षका ज्वाला नेपाली र सोठी ठाउँका अर्का ३५ वर्षका कमल नेपालीलाई ४ सय ३० मिलि ग्राम, घोराही ११ बस्ने वर्ष ३८ का बाबुराम चौधरी र सोही ठाउँका २० वर्षका धिरेन्द्र प्रताप बिकको साथबाट १५ ग्राम ५ सय ८० मिलिग्राम, रोल्पा माडी गाउँपालिका घर भई घोराही १३ बनगाउँ बस्ने २२ वर्षका विशाल पुन मगरको साथबाट २ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
पक्राउ परेका उनिहरु माथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।
लेखकको सम्वन्धमा