जाजरकोटमा सडकमा काम गरिरहेका कामदार माटोको ढिस्कोमा पुरिएर गम्भीर घाइते

जाजरकोटमा सडकमा काम गरिरहेका कामदार माटोको ढिस्कोमा पुरिएर गम्भीर घाइते

मङ्सिर १५ जाजरकोट 

जाजरकोटमा सडक स्तरोन्नतिको काम गरिरहेका चार जना कामदार माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन्।

मध्यपहाडी लोकमार्गबाट जुनीचाँदे गाउँपालिका जोड्ने सडक स्तरोन्नति गर्ने क्रममा वडा नम्बर २ को देसीपाटा खण्डमा काम गरिरहेका कामदार माटोको ढिस्कोमा पुरिएका हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाका अनुसार शनिबार बिहान सडकको नाली बनाउनका लागि बालुवा निकाल्न लाग्दा माथिबाट माटोको ढिस्को खसेको हो।

ढिस्कोमा पुरिएर जुनीचाँदे गाउँपालिका–२ का ३२ वर्षीय रामबहादुर वड, २५ वर्षीया निर्मला शाही, २२ वर्षीया पुलमाया लुहार र ३५ वर्षीय नरबहादुर वड घाइते हुनुभएको छ ।

घाइतेमध्ये तीन जना गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली अस्पताल सुर्खेत पठाएको छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज