सल्यानमा २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
सल्यान मङ्सिर ८
सल्यानमा २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बलात्कार आरोपमा पक्राउ पर्नेमा २६ वर्षीय सन्देश शाह रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शाहले गत कार्तिक २८ गते महिला बलात्कार गरेको आरोप छ।आफन्तले जाहेरी दिएपछि शनिबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताउनु जानकारी दिनुभयो ।
पक्राउ परेका शाहलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत राखेर अनुसन्धान भइरहेको छ ।
लेखकको सम्वन्धमा