दैलेखमा बोक्सीको आरोपमा भाइले गरे दाइको हत्या

दैलेखमा बोक्सीको आरोपमा भाइले गरे दाइको हत्या

मङ्सिर ६ दैलेख 

दैलेखको दुल्लू नगरपालिका–१३ मालिकाको खडिका धाराका ५६ वर्षीय कर्णबहादुर कामीको बोक्सीको आरोपमा हत्या भएको छ ।

भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकले कर्णबहादुरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

आफूलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै हिजो बेलुका भुवनसिंहले कर्णबहादुरको घरमै पुगी हत्या गरेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुभयो ।

कर्णबहादुरको शव दुल्लू अस्पतालमा पोस्टमार्टम गरिएको र आरोपित भुवनसिंह बिकलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इन्स्पेक्टर सुनारले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज