घरायसी विवादका कारण रुकुम पश्चिममा श्रीमती द्वारा श्रीमानको हत्या
कात्तिक ४ रुकुम पश्चिम
रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।
चौरजहारी नगरपालिका वडा नम्वर २ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कर्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज मङगलबार बिहान अन्दाजी २ः३० बजेको समयमा दिपाले आफ्नै श्रीमानको हत्या गरेकी हुन् । उहाँका अनुसार चिर्पट दाउराले टाउको हानेर मृत अवस्थामा रहेको भनेर मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।
सूचना लगत्तै ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ । मृतकको शव भने पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ ।
प्रहरीका अनुसार घरायसी विवादको कारण श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको
लेखकको सम्वन्धमा