दाङमा लागूऔषध ट्रामाडोल सहित एक महिला पक्राउ
दाङ, १३ कार्तिक ।
दाङको तुलसीपुरमा लागूऔषध ट्रामाडोल सहित एक महिला पक्राउ परेकी छन् ।
जिल्लाको तुलसीपुर–८ की ५३ वर्षीय तिल कुमारी विश्वकर्मा लाइ आइतबार साँझ ५ बजेतिर दुधेनाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विश्वकर्माले बोकेको ब्यागमा ५० ग्रामका ३५ पत्तामा ३५० ट्याब्लेट ट्रामाडोल हाइड्रोक्लोराइड फेला परेको छ ।
साथै उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा लुकाइछिपाइ राखिएको अबस्थामा ५० ग्रामका २३४ पत्तामा दुइ हजार ३४० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।
पक्राउ परेकी विश्वकर्मालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
लेखकको सम्वन्धमा