सल्यानमा मिनि ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते

सल्यानमा मिनि ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते

सल्यानमा मिनि ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।

कपुरकोट गाउँपालिका ६ सिनवाङको देवेदेबाट धान पराल बोकेर शोही वडाको छापनेटा जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा परी कपुरकोट गाउँपालिका ६ सिनवाङ निवासी १३ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बस्नेतलाई स्वास्थ्य चौकी कपुरकोटका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रलिे जानकारी दिनु भयो ।
दुर्घटनामा परी १४ वर्षीय गोर्वधन खड्का, १२ वर्षीय डिल्ली भण्डारी, १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जित सागर बस्नेत, १७ वर्षीय सञ्जिव बस्नेत  २९ वर्षीय शंकर खड्का, ३५ वर्षीय देव बहादुर बस्नेत, २२ वर्षीय हिक्मत पुन,  मिनि ट्रक चालक २४ वर्षीय मान बहादुर भण्डारी र सहचालक १८ वर्षीय रोनक भण्डारी घाइते भएको उहाँको भनाई छ ।

घाइते मध्ये चालक मान बहादुर, नन्दा, डिल्ली र गोवर्धनको अवस्था गम्भीर  रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको सल्यान जिल्ला अस्पताल, स्वास्थ्य चौकी कपुरकोट र त्रिवेणी पोलिक्लिक लुहाममो उपचार भइरहेको खत्रीले जानकारी दिनु भयो ।
ट्रक सडकबाट १ सय ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण अहिलेसम्म खुल्न  सकेको छ्रैन ।