दाङको तुलसीपुरमा सल्यानकि एक महिला मृत फेला
दाङ कात्तिक ३
दाङको तुलसीपुरमा एक महिला मृत फेला परेकि छन। सल्यान कपुरकोट गाउपालिका ४ गाडापानी घर भइ हाल दाङको तुलसीपुरको श्रीगैमा कोठा भाडा लिएर २ वटा छोरा छोरी सहित बस्दै आएकी २८ बर्षकि मिना कठायत मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
प्रहरी थापाका अनुसार मिना हिजो शुक्रबार देखि घरपरिवारसँग सम्पर्क विहिन भएकी थिइन ।
त्यसपछि खोज तलास गर्दै जाने क्रममा तुलसीपुर ३ को अंगेरी खोलामा मृत अवस्थामा फेला परेको भनेर मृतकका ससुरा कर्ण बहादुर कठायतले प्रहरीलाई खबर गरेपछि अहिले इ.प्र.का तुलसीपुरबाट इन्स्पेक्टर प्रकाश थापाको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा पुगेको छ ।
मृतकका श्रीमान विदेशमा रहेको र माइति घर खिलतपुरबाट पनि माइतिहरु घटना स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।।












लेखकको सम्वन्धमा