सल्यानमा दुई यातायातका इन्चार्जहरु बीच विवाद हुदा तरबार हानाहान

सल्यानमा दुई यातायातका इन्चार्जहरु बीच विवाद हुदा तरबार हानाहान

भुम प्रकाश भण्डारी

असोज ६, सल्यान। सल्यानमा दुइवटा यातायातका इन्चार्जहरु बीच गाडी हरुलाई आ-आफ्नो काउन्टर अगाडी रोक्ने बिषयलाइ लिएर तरबार हानाहान भएकाे छ ।

रुकुम यातायात प्रा.लि र शारदा यातायात प्रा.लि बिच आ आफ्नो काउन्टर अघि गाडी रोख्ने विषयमा शनिबार बिहान विवाद हुँदा तरवार हानाहान भएको हो ।

शारदा  यातायात प्रा.लि का इन्चार्ज  २५ वर्षीय शिव प्रसाद कँवरले लुकाई छिपाई ल्याएको तरवारले प्रहार गर्दा सल्यान रुकुम यातायात प्रा.लिका प्रशासकीय इन्चार्ज ४४ वर्षीय शालिकराम डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते डाँगीले प्रतिकार गर्दा कँवर पनि घाइते भएको प्रहरीको भनाई छ ।

घाइते डाँगीको दाँया हातको पाखुरा र बाँया हातको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।

यस्तै कँवरको टाउको र निधारमा चोट लागेको र शारदा मेट्रो अस्पतालमा उपचार पश्चात थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उहाँले बताउनु भयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज