सल्यानमा पूर्वाधार विकास कार्यालको जिप दुर्घटना हुँदा पाँच जना घाइते

सल्यानमा पूर्वाधार विकास कार्यालको जिप दुर्घटना हुँदा पाँच जना घाइते

सल्यानमा पूर्वाधार विकास कार्यालको जिप दुर्घटना हुँदा चालक सहित पाँच जना घाइते भएका छन् ।

बिहिबार साझ श्रीनगरबाट खलंगा जाँदै गरेको क.प्र०२००२ झ ००३५ नम्बरको बोलेरो शारदा नगरपालिका- २ मैसेपानीमा दुर्घटना  भएको हो ।

दुर्घटनामा परी बोलेरो चालक दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका १ पाल्तडाकाका ३० वर्षीय भरत प्रसाद शर्मा, चालकको श्रीमती २२ वर्षीया कविता सिजापती, कास्की पोखरा महानगरपालिका १७ का २७ वर्षीय सागर आर्चाय, डोटी दिपायल सिलगढी नगरपालिका १ का २२ वर्षीया मनमोहन सिंह खड्का र पर्सा विरगंज महानगरपालिका १३ की २१ वर्षीया पुनम शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।

घाइतेहरु सबैको अवस्था मध्यम रहेको उहाँको भनाई छ ।
बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको छ । फिल्डबाट फर्कने क्रममा बोलेरो दुर्घटना भएको प्रहरीको भनाई छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज