परम्परागत सीप दुना टपरी बनाउन सिक्दै नारायण मा.बि का विद्यार्थीहरु
सल्यान भदौ १६।
सल्यान कुमाख गाउँपालिका वडा नम्बर २ मा रहेको नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाइएको छ ।
पढाइसँगै परम्परागत सीप तथा दुना टपरीको ब्यबहारिक ज्ञान् दिने उद्देश्यले विद्यालयमा अध्ययनरत कक्षा ६- १० का विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाइएको हो ।
शुक्रबार विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत सालको पातबाट बनाईने दुना टपरीको आवश्यकता, महत्व र विशेषताका बारेमा बिद्यार्थीहरुलाई परम्परागत सिप सिकाउने र सामाजिक परिवेशका बारेमा ज्ञान दिने हेतुले दुना टपरी बनाउने कार्यमा बिद्यार्थीलाई संलग्न गराइएको हो ।
पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तण गर्ने र ब्यबहारिक सीप सिकाउने उदेश्यले बिद्यार्थीलाई दुना टपरी बनाउने सीप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र रावतले जानकारी दिनुभयो ।
पाठ्यपुस्तको घोकन्ते शिक्षाले मात्र विद्यार्थीको जिबन व्यबहार र सामाजिक जिबनमा कुनै टेवा नपुर्याउने र घोकन्त शिक्षा केही समयका लागि मात्रै रहेन हुदा ब्यबहारिक प्रयोगात्मक शिक्षा दीर्घकालिन जिबनमा लागू हुने भएकाले विद्यार्थीलाई यसमा जोड दिएको उहाँको भनाइ छ।
समाजमा दुना टपरीको महत्व र प्रयोग बढेपनि सीप पुस्तान्तरण नहुँदा हराउँदै गएकोले यो सीप ज्येष्ठ नागरिकसँग मात्र सीमित रहेकोेले पछिल्लो समय प्लाष्टिक, कागज प्लेटको पयोग बढेर दुना टपरीको चलन लोप हुँदै गएको अवस्थामा बिद्यालयले बिद्यार्थीलाई लोप हुदैँ गरेको सिप सिकाउनु आफुहरुको दायित्व भएकोले विद्यालयले हरेक शुक्रबार फरक फरक अतिरिक्त क्रियाकलाप संचालन गरि विद्यार्थीहरुलाई सहभागी गराउने गरेको समेत प्रधानाध्यापक रावतले बताउनु भयो।
विद्यालयस्तरबाटै जीवन उपयोगी सीप सिकाउँदा मौलिक कला परम्परा जगेर्ना हुनुको साथै विद्यार्थीहरूलाई व्यावहारिक रुपमा समेत सहयोग पुग्ने र विद्यालयले नेपाली परम्परा अनुसार कला सीपको ब्यबहारिक ज्ञान् नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीहरुलाई सालको पातबाट दुना, टपरी बनाउन सिकाउने कार्य ब्यबहारिक र उदाहरणीय भएकोले आफुहरुले यस्ता ब्यबहारिक शिक्षा विद्यालयमा विद्यार्थी निरन्तर सिकाउने शिक्षक वसन्त शर्माले बताए।
लेखकको सम्वन्धमा