सल्यानमा अपाङ्गता महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
सल्यान श्रावण १६
सल्यानमा शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका ५ दियारगाउँका ४९ वर्षीय सुमन घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
साउन १३ गते जन्मजात शारीरिक अपाङ्गता भई राम्रोसँग हिँडडुल गर्न नसक्ने ३० वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको आरोपमा निज घर्तीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भएको छ ।
आरोपित मगरलाई सल्यान जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
लेखकको सम्वन्धमा