दाङमा लागुऔषध सहित दुई जना पक्राउ
दाङ श्रावण १४।
दाङमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ६ का ३४ बर्षीय कमल पुन र रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर १ होलेरी निवासी ३३ बर्ष कि शुसिला पुन रहेको प्रहरीले जनाएको छ । लमहीको रातोडाँडाबाट दुईजनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुषालले जानकारी दिनुभयो ।
लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी लमहीबाट खटिगएको टोलीले उनिहरुको साथबाट ८० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने खैरो धुलो पदार्थ र लागु औषध सेवनका लागि प्रयोग गर्ने औजार सहित पक्राउ गरेको हो । शुसिला रातोडाँडा स्थित एक घरको तल्लो तलामा भाडामा बस्दै आएकी थिईन । उनकै साथबाट लागुऔषध फेला परेको प्रहरी प्रमुख भुषालले बताउनु भयो ।
लेखकको सम्वन्धमा