४ लाख बढी घुससहित दुई प्राविधिक अख्तियारको फन्दामा
काठमाडौ साउन १
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख १२ हजार घुस रकमसहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारको टोलीले हिजो पक्राउ गरेको हो ।
उनिहरुले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसनबापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढीबाट पक्राउ गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । उनिहरूको साथबाट ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद भएको अख्तियारले जनाएको छ ।।
लेखकको सम्वन्धमा