मुग्लिनमा पहिरोले बगाउँदा २ यात्रुबाहक बस त्रीशुलीमा बेपत्ता
२८ असार, काठमाडौं
चितवन —नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंबाट गाैर जाँदै गरेकाे गणपति डिलक्सकाे बस र विरगञ्जबाट काठमाडौं जाँदै गरेकाे बागमती प्रदेशकाे १५१६ नम्बरकाे एन्जल डिलक्स भरतपुर उपमहानगरपालिका १९ सिमलटारमा खसेकाे पहिराेमा परेर त्रिशूली नदिमा खसेकाे खबर प्राप्त छ । दुईवटा यात्रुवाहक बस त्रिशूलीमा खस्दा ठुलाे मानवीय क्षति भएको छ । प्रहरीका अनुसार ठुलाे पानी परिरहेको र राति ३:३० मा माथिबाट झरेकाे पहिराेले उक्त दुईवटा गाडी त्रिशूलीमा खसेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाैर जाँदै गरेकाे बसमा ३० जना यात्रु रहेकाे र ३ जना यात्रु सकुशल रहेकाे छन् । घटनामा ठुलो मानवीय क्षति भएको हुनसक्ने आँकलन गरिएको छ । घटनाको उद्दारमा सुरक्षा निकायका तीनवटै अंगका सुरक्षाकर्मी घटनास्थल पुगेकाे माथिबाट पहिराे झरिरहेकाेले घटनाकाे थप अपडेट लिन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ताले जनाएका छन् ।
घटनास्थलमा अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन बाटबाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोर सहित २० जना परिचालन छन्।
पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक अबरुद्ध छ।
लेखकको सम्वन्धमा