घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत सेवार खोलामा बनाइएको डाइभर्सन बाढिले बगाउँदा आवतजावत बन्द
असार २२दाङ।
दाङको घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत सेवार खोलामा बनाइएको डाइभर्सन लगातारको झरिले आयको बाढिले बगाएको छ ।
अविरल बर्षादले गर्दा आएको बाढीले शनिबार बिहान डाइभर्सन बगाएको हो ।
डाइभर्सन बगाउँदा आवतजावतमा ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै बैकल्पिक सडक प्रयोग गर्न यात्रुहरुमा अनुरोध गरेको छ ।
सेवारखोलामा हाल पुल निर्माणको काम अधुरो रहेकाले पनि सोही ठाउँमा आवाजतजावतमा निकै समस्या हुने गरेको छ।
घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा चार लेनको पक्की पुल निर्माणको काम अधुरो छ । जुन खोलामा पुल नहुँदा यात्रुहरुले बर्षेनी सास्ती भोग्नु परेको छ ।
लेखकको सम्वन्धमा